दफा २१३
पति वा पत्नीले अंश लिई भिन्न हुन सक्ने
दफा २११ मा जुनसुकै कुरा लेखिएको भए तापनि पति वा पत्नीले देहायका कुनै अवस्थामा जहिलेसुकै आफ्नो अंश लिई भिन्न हुनसक्नेछः–
(क) पति वा पत्नीले पत्नी वा पतिलाई घरबाट निकाला गरिदिएमा,
(ख) पति वा पत्नीले पत्नी वा पतिलाई शारीरिक वा मानसिक यातना दिएमा ।